२३ असार २०८२, सोमबार

राप्रपा नेपालका केन्द्रिय सदस्य सुवेदीलाई गृहनगरमा स्वागत
  • न्युज मानसराेवर

कोहलपुर \ राप्रपा नेपालको केन्द्रिय सदस्यमा चयन भएका कोहलपुर निवासी युवा नेता श्रीधर सुवेदीलाई गृह नगरमा स्वागत तथा सम्मान गरिएको छ । सुवेदीका शुभेच्छुक तथा शुभ चिन्तकहरुले राप्रपा नेपालको केन्द्रिय सदस्यको जिम्मेवारी लिएर गृहनगर फर्केका युवा नेता सुवेदीलाई सफल कार्यकालको शुभकामना सहित स्वागत एवम् सम्मान गरिएको हो ।

गृहनगर पुगेसँगै गरिएको स्वागत तथा सम्मानले ममा थप जिम्मेवारी बढेको महसुस गरेको छु,” युवा नेता सुवेदीले भनेका छन।   एन एन मिडिया प्रा.ली.का अध्यक्ष समेत रहेका राप्रपा नेपालका युवा नेता सुवेदीलाई एन एन मिडिया प्रा.ली बाट सञ्चालित न्युज नमस्ते अनलाई न्यूज पोर्टल टिम तथा युवा व्यवसायी एवम् फरक राजनीतिक आस्थाका शुभचिन्तकद्वारा एवम् शुभेच्छुकहरुले छोटो समयमा राजनीतिमा फरक पहिचान बनाउन सफल भएको र राजनीतिक सम्भावना उच्च रहेका युवा नेताको रुपमा चित्रण गर्दै राजनीतिक सफलताको कामना गर्दै गृहनगरमा स्वागत तथा सम्मान गरिएको हो ।

  • १२ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech