बाँके\हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ।
यस्तै दिउँसो देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहनेछ । यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानहरुमा तथा बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
यस्तै राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा लगायत बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । यस्तै बाँकी भूभागमा आंशिक बदली रहनेछ। त्यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
दिउँसो र राति नै सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।