२८ जेष्ठ २०८२, मंगलवार

बैजनाथ ६ मा कांग्रेस टोल कमिटी एमालेमा समाहित
  • न्युज मानसराेवर

बैजनाथ \बैजनाथ गाउँपालिकामा नेकपा एमाले आक्रमण रुपमा नजनता संग एमाले अभियानलाई तिब्रता दिएको छ ।


नेकपा एमाले बैजनाथ गाउँपालिका स्तरीय कमिटीले १५ दिने जनता सँग एमाले अभियान संचालन अभियान शुरु गरेको पालिका सचिव प्रेम सुवेदीले बताएका छन। अभियान अन्तरगर्त एमाले पार्टीमा घर फर्क अभियान दुःखमा एमाले ,भातृय संगठनको नेतृत्व चयन तथा अन्तरक्रिया जस्ता अभियान संचालन गरिने बताइएको छ ।

आज मात्र बैजनाथ गाउँपालिका वडा न ५६ मा नेपाली काग्रेस टोल कमिटी सभापति गिता खत्री लगाएत १९ जनाले एमाले रोजेका छन।
यसै गरी आज नै वडा न ६ मा नेपाली काग्रेस र नेकपा माओवादी केन्द्र बाट १३ जनाले एमाले रोजे ।एमाले रोज्नुको मुख्य कारण स्थानीय सरकारले गरेका विकास निमार्ण र नेपालको अखण्ड भूमिको रक्षा लगाएतले प्रभाव पारेका कारण एमाले रोज्नु परेको उनीहरुले बताएका छन। एमालेमा समाहित भएको नेपाली कांग्रेस टोल सभापति लगाएतलाई एमाले प्रदेश कमिटी सदस्य घननाथ खनालले स्वागत गरेका
थिए ।  यसै गरी बैजनाथ ६ दोन्द्रा टोलमा मोहन विक को अध्यक्षतामा १३ सदस्यिय टोल कमिटी गठन गरिएको बताइएको छ ।

पछिल्लो समय नेकपा एमाले रणनीति योजना अनुसार १७ गते भित्र पालिका सबै वडा कमिटीहरुको बैठक सम्पन्न गर्ने तथा बैजनाथ गाउँपालिका स्तरमा निमार्ण गरिएका ६४ टोल कमिटीको बैठक २२ गते सम्पन्न गरी २५ गते भित्र एमालेका जनसंगठन बैठक सम्पन्न गर्ने रणनिति लिइएको छ ।

यसै गरी ३० गते भित्र वडा भेला मार्फत स्थानीय सरकार तथा केपी ओली सरकारले गरेका काम बारे बृह्त भेला माफर्त जानकारी गराइने बताइएको छ । यसै गरी बैजनाथका प्रत्यक वडाहरुमा जनता सँग बृह्त अन्तरक्रिया कार्यक्रम संचालन गरिने नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटीले जनाएको छ ।

  • १४ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech