६ जेष्ठ २०८२, सोमबार

सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका केही स्थान तथा बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। अन्य प्रदेशका पहाडी भेगमा मौसम आंशिक बदली हुनेछ।

यस्तै आज दिउँसो पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

  • १५ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech