१२ मंसिर २०८१, बुधबार

कांग्रेस जिल्ला सचिव नेतृत्वका लागि कान्छि उम्मेदवारः सन्जु
  • न्युज मानसराेवर

बाँके\राजनितिक खेल हो । बाँके जिल्लामा पछिल्लो समय नेपाली कांग्रेस लगाएत अन्य राजनितिक दलमा युवा समुहको  बाग्लो सहभागिता रहेको देखिन्छ।तर निर्णायका भूमिकामा हस्तक्षेपकारी भूमिका कस्तो रहन्छ त्यो समयको यक्ष प्रश्न हामी माझ जीवित नै छ । वा सरल शब्दमा भन्ने हो भने हेर्न ,देख्न र विश्लेषण गर्न समय छ ।

नेपाली काग्रेसको १४ औं महाधिवेसमा समग्र बाँकेका आठ वटा स्थानीय तहमा संस्थापन र संस्थापनइतर समुह विच वडा देखी पालका \नगर र उपमहानगरको नेतृत्व विवाद र संघन द्धोन्द्ध बाट ग्रसित  देखियो । यो द्धोन्द्ध भावी दिनमा कसरी उर्जागर हुने हो । त्यो अहिले समयको (गर्भ) मा नै छ भन्नु पर्छ ।  महाधिवेशन बाट जिल्ला नेतृत्वका लागि यही १९ गते मतदान हुदै छ ।

विभिन्न कारणले रोकीएको १४ औँ महाधिवेशनबाँके जिल्ला नेतृत्वका लागि प्यानल नै निर्वाचनमा होमीएका छन संस्थापन र संस्थापनइतर समुह । जिल्ला नेतृत्वका लागि जेष्ठ उमेर समुह देखी कान्छा उमेर समुह मैदानमा उत्रिएका छन। यसै सन्दर्भमा हामीले आज नेपाली कांग्रेस बाँके जिल्लाको सचिव नेतृत्वका कोहलपुर बाट कान्छी उम्मेदवार सन्जु कुमारी चौधरीको चर्चा गर्न गइरहेको छौँ।

राजनितिक परिवारमा जन्म लिइएकी थारुको घर साविक रझेना र हाल कोहलपुर नगरपालिका वडा न ६ मा पर्छ । उनी २०४८ सालमा जन्मेकी हुन। उनका बुवा पन्चराम थारु पन्चायत कालमा प्रधान भएका थिए । पारिवारीक भेटघाट मा सन्जुले वडा \नगर \जिल्ला र केन्द्रका नेताहरु सँग राम्रो सम्बन्ध बनाएको पाईन्छ । बुवाको राजनितिक र देशमा घटेका घटनाले  पनि सन्जुलाई थप राजनितिकमा सक्रिय हुन सहयोग मिलेको देखिन्छ । २०७४ सालको निर्वाचमा उनी कोहलपुर नगरपालिकाको प्रथम उप मेयरमा निर्वाचित भइन।

त्यसले गर्दा पनि उनले स्थानीय स्तरको विकास निमार्ण र समाजका आवश्यकता बारे थप सृजनशिल बनाएको देखिन्छ । उनले उपमेयर हुदै आफ्नो अध्ययन लाई निरन्तर जारी राखेकी छन। उनी हाल मास्टर डिग्री गरी एल.एल वी तेस्रो वर्षमा अध्यनरक्त छिन । नेपाली कांग्रेस बाट निर्वाचित थारु २०७५ सालमा लुम्बिनी प्रदेश नगरपालिका महासंघको केन्द्रिय सदस्य समेत हुने स्थानीय सरकार सञ्चालन बारे राम्रो दखल राख्ने सन्जु  २०७७ सालमा नेपाल तरुण विभाग लुम्बिनी प्रदेश सदस्य समेत हुन ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशमा उनको  हार जीत के हुन्छ १९ गतेको मतदान पश्चात निश्चिय नै सबैलाई थाह हुने छ। तर सन्जुले राजनितिक जीवनमा भने विजयी  हासिल गरिसकेकी छिन।   लोकतन्त्रको हिमाहित कहलिने नेपाली कांग्रेस बाँकेको जिल्ला नेतृत्वको लागि उनी छनोट हुनु नै उनको राजनितिक विजयी शूरुवात मान्नु पर्छ ।मतगणनामा   विजयी भइहालिन भने उनले आफ्नो अध्ययन बाट प्राप्त ज्ञान र स्थानीय सरकार सञ्चालन सम्बन्धी राम्रो नजिर प्रस्तुत गर्न सक्ने एक क्षमतावान नेतृका रुपमा  आफुलाई स्थापित गर्ने छिन।

शुरुकै शब्द साभार गरेअनुरुप राजनितिक खेल हो ।  यो खेलमा समाज रुपान्तरण र पार्टी सवलीकरण गर्न नेपाली कांग्रेसका मतदाताहरुले विवेक प्रयोग गर्न भने आवश्यक छ । १४ औँ महाधिवेसको सन्देश  स्थापित गर्न पनि गुटगत नभएर क्षमतावान र समाजलाई रुपान्तरणको दृष्टिकोण प्रदान गर्न सक्ने सक्षम र सवल नेतृत्व प्रदान गर्न सक्नु पर्दछ । यसका लागि बाँके जिल्लाका आम नेताकार्यकर्ताहरुले फरक समुह बाट उम्मेदवारी भएका गगन कुमार थापा र विश्वप्रकाश शर्मालाई जस्तै कार्यकर्ताहरुले बाँके जिल्लाको नेतृत्वका लागि गुटगत नभएर क्षमतावान सक्षम नेतृत्व छान्ने छन ।

  • १५ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech