बाँके\एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा आंशिक रूपमा परेको छ । विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै सोमवार नेपाल बन्दको आह्वान गरेका हुन् । बुटवलमा केही बन्दकर्ता सडकमा निस्केका छन् ।
बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लामा सार्वजनिक सवारीसाधन चलेका छैनन् । फाटफुट रूपमा निजी सवारीसाधन भने गुडेका छन् । शहरका भित्री भागमा अधिकांश पसल खुलेका छन् । लुम्बिनी प्रदेशका मुख्य शहरहरू रुपन्देहीको बुटवल, भैरहवा, दाङको भालुवाङ, लमही, घोराही र बाँकेको नेपालगञ्ज लगायतका क्षेत्रमा बन्दको आंशिक प्रभाव परेको छ ।