बाँके\नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बाँकेको सभापतिको लागि संस्थापन ९देउवा० पक्षले सुरेन्द्रबहादुर हमाललाई आधिकारिक उम्मेदवार तोकेको छ । संस्थापन पक्षबाटै दुईजना बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमाल उम्मेदवार भएपछि हमाललाई अधिकारिक उम्मेदवार तोकेको कांग्रेस निकट स्रोतले जनायो ।
नेपाली काँग्रेस पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले बाँकेका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीलाई फोन गरेर हमाल नै आधिकारिक उम्मेदवार तोकिएको भन्दै त्यसै अनुरुप सर्कुलर गर्न आफुलाई निर्देशन गरेको सदरलाइन डटकमसंग फोन संबाद गर्दै केन्द्रीय सदस्य बाल्मिकिले बताए । उनले भने–‘ हमाल जी नै संस्थापन पक्षको आधिकारिक उम्मेदवार हो ।’
प्रवक्ता महतले सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का लगायत बसेर हमाललाई उम्मेदवार बनाउने निर्णय गरेको बाल्मिकीको दाबी छ । हमाल लुम्बिनी प्रदेशका बन मन्त्री समेत हुन । यसैगरी कुर्मी संविधान सभा सदस्य हुन ।
यही फागुन १९ गते हुने निर्वाचनका लागि संस्थापनले सभापति टुंग्याउन नसक्दा हमाल र बादशाह कुर्मीले उम्मेदवार दिएका छन् । पदाधिकारीमा भने एउटै टिम छ ।
स्रोतका अनुसार कुर्मीलाई संसदीय निर्वाचनमा उम्मेदवार बनाउने गरी अहिले जिल्ला सभापतिमा हमाललाई अगाडि सारिएको हो । संस्थापन इतरबाट भने सभापतिमा नारायणप्रसाद गौडेल उम्मेदवार छन् ।