६ जेष्ठ २०८२, सोमबार

सुर्खेतमा कर्फ्यु जारी
  • न्युज मानसराेवर

सुर्खेत\सुर्खेतमा कर्फ्यु लागेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलवार (आज) साँझ ७ बजेसम्मलाई कर्फ्यु जारी गरिएको जानकारी दिएको छ ।सोमवार राति सवा ८ बजेदेखि कर्फ्यु लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज कसैलाई पनि सडकमा ननिस्कन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले आदेश उल्लंघन गर्नेलाई गोलीसमेत हान्नसक्ने आदेश दिएको छ ।

एमसीसी पारित भएपछि त्यसको विरोधमा उत्रिएका आन्दोलनकारीहरूले तोडफोड तथा अराजक गतिविधि गरेपछि कर्फ्यु आदेश जारी गरिएको हो ।

 

  • १७ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech