बाँके\नरैनापुर गाउँपालिकामा ईलाका प्रशासन कार्यालय स्थापनाका लागि नेकपा एमाले हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।
नरैनापुर गाउँपालिका वडा न ४ मा स्थापित ईलाका प्रशासन कार्यालय असुरक्षाका कारण २०७२ सालमा हटाईएको थियो ।
नेकपा एमाले बाँके जिल्ला इन्चार्ज तथा नेकपा एमाले केन्द्रिय सदस्य सुर्य ढकालको अगुवाइमा फागुन १० गते जिल्ला प्रशासन कार्यालय बाँकेलाई इलाका प्रशासन कार्यालय स्थापनाका लागि ज्ञापनपत्र बुझाइएको थियो । त्यसै गरी नरैनापुरमा नेकपा एमाले आधिकारी गाउँ पालिका कमिटीको बैठकले उक्त अभियान संचालन गर्नाका लागि ५ हजार हस्ताक्षर अभियान संचालन गरी दबावका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
इलाका प्रशासन कार्यालय नहुदा नरैनापुर गाउँपालिका जेष्ठ नागरिक ,समुदाय नै बन्चित भएका छन। भारतको सिमा सँग जोडिएको गाउँपालिका भएका कारण समेत उनीहरु जिल्ला प्रशासन कार्यालय बाट पाउने सबै सेवा बाट बन्चित हुन पुगेका हुन । सिमा सँगको सामित्यता र रोटी बेटीका सम्बन्धका कारण समेत त्यहाँ गाउँपालिकामा सबै भारतिय नम्बरका सवारी साधन संचालन हुने गरेका छन।
प्रशासन नुहुँदा उनीहरु बाँकेको साविक सदरमुकाम नेपालगञ्ज आवत जावतमा विभिन्न समस्याहरु खेप्दै आइरहेका छन। इलाका प्रशासन कार्यालय बाट प्राप्त हुने सेवा बाट यहाँका जनताहरु प्रत्यक्ष प्रभावित छन यहाँका जनताहरुको माग र आवश्यताका लागि जिल्ला प्रशासन कार्यालय इकाइ इलाका प्रशासन कार्यालय यहाँ पूर्ण स्थापना आवश्यक रहेका कारण हस्ताक्षर अभियान संचालन गरिएको नेकपा एमाले बाँकेका इन्चार्ज तथा केन्द्रिय सदस्य सुर्य ढकालले जानकारी गराएका छन। समयमा माग पुरा नभए गाउँपालिका तथा जिल्लामा शान्ति पूर्ण धर्ना ,दवाब मुलक आन्दोलन गर्ने छौँ ढकालले भनेका छन।