बैजनाथ । बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले समाजिक पुजीँको विकास गर्दै कृषि यान्त्रिकरण प्रवर्द्धन नीति, २०७१ अनुरुप काम गर्न स्थानीय सरकारको योजना रहेको बताएका छन।कृषि यान्त्रिकरण प्रवर्द्धनका लागि आगामी रणनीति बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत सुफत मुल्यमा यान्त्रीकरणका उपकरण उपलब्ध गराउन विशेष अभियान संचालन गरिने सहकारीको शेयर सदस्य अभिबृद्धि अभियान कार्यक्रममा रुचालले उक्त कुरा बताएका हुन।
बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चान गरिएको साना किसान उद्यमी सुढृढिकरण परियोजमा मार्फत संचालनमा ल्याइएको सहकारी संस्थाको सवलीकरण गर्नाका लागि स्थानीय सरकारले छिटै वित्तय बैकहरु मार्फत उद्यपादनमुखी क्षेत्रमा लगानी गर्ने बातावरण सुनिश्चित गरेको बताए ।
उनले बैजनाथ गाउँपालिका भित्र संचालनमा रहेका सहकारी भन्दा भिन्न सहकारीका रुपमा बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाको लक्ष्य रहेको बताए । बैजनाथ गाउँपालिका उदेश्य बमोजिम सामाजिक उद्यमी महिला सहकारी संस्था स्थापना गरेको बताउदै सहकारीमा आवद्ध सदस्यहरुले उत्पादन गरेको बस्तुको बजारीकरण गर्नाका लागि ढुवानी साधान समेत स्थानीय सरकारले उपलब्ध गराएको बताए ।उनले महिला शशक्तिकरण सगै नेतृत्व विकास ,अध्यामिक चिन्तन सहयोगी भावना सम्भ समाज र आत्म निर्भर समाज निमार्णका लागि बैजनाथमा परियोजना सञ्चालन गरेको बताए ।
अध्यक्ष रुचालले स्थानीय सरकारले विगत ५ बर्षमा भए गरेका कामहरुको समिक्षा गर्न आवश्यक रहेको बतनाउदै अध्यक्ष रुचालले सम्बोधनका क्रममा यहाँहरुले अब पनि विवेक प्रयोग गर्नुहुन्छ भन्ने विश्वास लागेको बताए । उनले स्थानीय सरकारले गरेका विकास निमार्ण सगै आर्थिक विपन्नहरको जीवन सवलीकरण गर्नाका लागी स्थानीय सरकारको ५ बर्ष महत्वपूर्ण रहेको दावि गरे ।
सेयर सदस्य अभिबृद्धि अभियानमा हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत महेश आचार्य वडा न ४ का वडा अध्यक्ष काली बहादुर सिह लगाएत सम्बोधन गरेका थिए ।भने वडा न ३ का समेत कार्यक्रम सञ्चालन गरिएको थियो । वडा न ३ का कार्यवाहक अध्यक्ष पद्मा रोकायाले सम्बोधन गरेकी थिइन ।
वडा न ४ र ३ गरी करिब १ हजार समुहमा आवद्ध तथा सहकारीकामा आवद्ध सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमा विगत २ वर्ष यता उत्कृष्ट बचतकर्ता उत्कृष्ट बजारीकरण उत्कृष्ट उद्यमी , उत्कृष्ट सामाजिक पुजीँको विकास गर्ने वडा न ४ र ३ का ८ जना महिला समुह र समुहमा आवद्ध सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । हाल परियोजनामा ४ हजार भन्दा माथी बैजनाथ १ देखी ८ वडामा परिवारले प्रत्यक्ष लाभ लिइरहेका छन। कार्यक्रमको अध्यक्षता बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष कल्पना थापाको अध्यक्षतामा संचालन गरिएको थियो ।