६ जेष्ठ २०८२, सोमबार

बैजनाथ २ मा एमालेको ५ भातृय संगठन विस्तार
  • न्युज मानसराेवर

बाँके । बैजनाथ गाउँपालिका वडा न २ मा नेकपा एमालेका भातृय संगठनको वडा स्तरीय नेतृत्व विस्तार गरेको छ । बैजनाथ गाउँपालिका वडा न २ मा नेकपा एमालेको २३ भातृय संगठन मध्य ५ भातृय संगठन वडा स्तरीय नेतृत्व विस्तार गरेको हो ।

बहादुर दमाइको अध्यक्षतामा २९ सदस्य उत्पीडित जातीय मुक्ति समाज र जग्गु थारुको अध्यक्षतामा ३१ सदस्य नेपाल लोकचान्त्रिक थारु संघ विस्तार गरेको छ । प्रमुख अथिति मान बहादुर रुचालले गठबन्धन सरकारले लोकतन्त्र माथी हमाला गरिरहेको आरोप लगाएका छन।

उनले स्थानीय तह निर्वाचन लाई प्रभावित पार्ने खेल शुरु हुन गइरहेको प्रति लक्षित गर्दै नेकपा एमाले र यसका भातृय संगठन सबैले दवाव दिन आवश्यक रहेको बताए ।उनले स्थानीय तहको निर्वाचन लक्षित हुन समेत निर्वाचित वडा नेतृत्वलाई निर्देश समेत दिएका थिए । कार्यक्रमको अध्यक्षता नेकपा एमालेका वडा अध्यक्ष शेर बहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो ।

  • १९ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech