बैजनाथ\ बैजनाथ गाउँपालिकामा एक दिने हात्तीपाइले(फाईलेरिया) रोग निवारण सम्बन्धि अभिमुखिकरण गोष्टि सम्पन्न गरिएको छ ।हात्तीपाइले(फाईलेरिया) रोग निवारण सम्बन्धी गाउँपालिकाका सरोकारवालाहरुलाई एक दिने अभिमुखिकरण गरिएको हो ।हात्तीपाइले(फाईलेरिया) एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीबाट संक्रमण भए पछि लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर यी परजिवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ । संक्रमण फैलाउन मुख्य गरी परजिबी तीन प्रकारका हुने गरेका छन,अभिमुखिकरणमा बताइएको छ ।
अभिमुखिकरण कार्यक्रममा मानिसहरूमा माथी उल्लेखित लक्षणहरू नदेखिन । बाहिर स्वस्थ देखिने तर यिनीहरूको रगत जाँदा रोगको परजिवी (माइक्रोफाइलेरीया) पाइने र शरिर भित्रका अंगहरु जस्तै मृगौला विस्तारै खराब हुंदै जाने समयमै उपचार नभएमा रोग दिर्घ भैपिसाव सम्बन्धी (मृगौला खराब हुने) रोग लाग्ने, बिभिन्न अंगहरु सुन्निने, शारिरीक असमर्थ, कुरुप, अपा∙ हुनेर यसबाट साधारण दैनिक कार्य गर्नमा समेत बाधा पर्न जाने, दैनिक आय आर्जनमा कमी आउने, आर्थिक समस्या थपिने, जसको कारणले जीवनभर सामाजिक, मानसिक तथा आर्थिक पछौटेपन लगाएतका समस्याहरु देखा पर्ने बताइएको थियो ।
यसै गरी हात्तीपाइले (फाईलेरिया) रोग लाग्नबाट बच्न र बचाउन समयमा नै यस रोग बिरुद्धको औषधी चक्की सेवन गरी आफू सुरक्षित हुनु बुद्धिमानी हुने बताइएको छ । कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले रोग बाट बच्नका लागि समयमै औषधी सेवन यसको प्रमुख रोगथाम रहेको औल्याउदै हात्तीपाइले(फाईलेरिया) रोग निवारण गर्नाका लागि बैजनाथ गाउँपालिकामा विशेष अभियान सञ्चालन गर्ने बताए । उनले समाजमा अझै पनि बुझाइएको अभाव रहेका कारण स्थानीय जनप्रतिनिधि महिला स्वास्थ्यस्यम सेविका आमा समुह र समाजसेवि लगाएको परिचालन गरि रोग निवारणमा सबैको सहयोगमा आवश्यक रहेको बताए ।
हात्तीपाइले(फाईलेरिया) विरुद्धको औषधी फल्गुण २८ गते बाट बैजनाथ गाउँपालिका सबै वडामा अभियाका रुपमा संचालन गरिने बताइएको छ । आयोजना बैजनाथ स्वास्थ्य शाखाले गरेको थियो भने हात्तीपाइले(फाईलेरिया) रोगको असर र यसको प्रभावका बारेमा स्वस्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले सहजीकरण गरेका थिए । कार्यक्रमको संचालन बैजनाथ स्वास्थ्य शाखा सह संयोजक लक्ष्मी रोकायाले गरेकी थिइन।
अभिमुखिकरण कार्यक्रमा स्वस्थ्य कार्यालय बाँकेका प्रमुख विभिन्न राजनीति दलका प्रतिनिधि स्थानीय जनप्रतिनिधि , स्वस्थ्य कर्मी सुरक्षाकर्मी ,महिला स्वाथ्यस्यमसेविका पत्रकार ,संघ सस्थाका प्रतिनिधि लगाएको सहभागिता रहेको थियो ।