७ बैशाख २०८२, आईतवार

त्रासयुत्त जीवन बाच्न बाध्य बैजनाथ १ करेलीका समुदाय
  • रबि रोकाया

बैजनाथ । बाच्न पाउने अधिकारको आधार खाद्य आधार भन्ने नाराका साथ बैजनाथ गाउँपालिकामा वडा न १ मा फियान नेपालले अभिमुखिकरण कार्यक्रमा सम्पन्न गरेको छ । जंगली जनावरबाट पिडित खाद्य अधिकार समुहका लागि स्रोत नक्साङकन तथा सरोकारवालाहरु पहिचान सम्बन्धी उक्त एक दिने अभिमुखिकरण गरिएको हो । छलफलमा स्थानीय सरोकारवालहरुले भूमि अधिकार जंगली जनावर बाट पिडित समुदाय लगाएतको सहभागिता रहेको थियो । प्राकृतिक स्रोत साधन दाउरा घाँस स्वाच्छ खाने पानी बाट सहज पहुँज नभएका कारण समस्यामा परेको स्थानीय निमलाल जैसी आचार्यल भने । झंगल गयो र आर्मीले नियन्त्रणमा लियो भने ५०० रुपैया रकम दिनुपर्छ ‘।आचार्यको दुखेसो छ ‘।

‘हामी पनि नागरिक हौं। हाम्रो पनि प्राकृतिक स्रोत साधनको उपभोगताको अधिकार हुनु पर्छ भन्ने हो । स्थानीय बैजनाथ  १  करेली निवासी ललिता विकले भनिन । यस्तै गुनासो स्थानीय माथिल्लो करेली निवासी डिला योगी छ ।उनका अनुसार  घरमा पालेका  ३ वटा बाख्रा बाघले खाइदियो अहिले सम्म क्षेति पाउन सकिएको छैन ‘। हामी बाँकेमा बस्छौँ। बाँके राष्ट्रिय निकुञ्ज संँग क्षेति माग गर्यो भने यहाँ हुदैन बर्दिया जाउ भन्छ क्षेति बर्दिया राष्ट्रिय निकुञ्जले दिन्छ भन्छन खै कहाँ जाने हो थाह भएन । कसरी यस्को समस्या समाधान हुने हो योगीले भनिन।

बाँके जिल्ला र बर्दिया जिल्लाको सिमानामा रहेको माझि सामुदायिक वन भएका कारण समेत यो समस्या देखा परेको छ ।सहभागिहरुले जंगली जनावर बाट खेतीहरु नष्ट गरिदिन्छ त्यसको सहज क्षेति समयमा पाउन सकेका छैनौँ ।उनीहरुले गुनासो गरेका छन। उनीहरुका अनुसार सिमाले पाकृतिक स्रोध र साधन उपभोग बाट बन्चित गर्ने मिल्दैन तर हामीलाई बन्चित बनाइएको छ स्थानीय सुरज गुरुङ्गले भने । जंगल बर्दियाको तर उपभोक्ता बाँकेका भएका कारण यसको सहज बातावरणमा स्थानीय सरकार र निकुञ्ज विच समन्वय हुन आवश्यक रहेको स्थानीय सहभागिहरुको भनाइ रहेको थियो ।

२०३५ सालमा मुगु जिल्लाको रारा क्षेत्र बाट (औलो) झर्यौ पहिला बर्दिया मैनापोखर दमोली १ बर्ष बस्यो र पछि २०३६ सामा बाँकेमा आएका हौँ स्थानीय करेली निवासी भूमिनन्द बुढाले भने । उनका अनुसार जंगली जनावहरुले खेति खाईदिन्छ। यस्तै बाँके बर्दिया  राझा बेतनी जान बाटोमा पुल निमार्ण गर्न आवश्यक रहेको समेत बताए ।

तटबन्धन गर्नु पर्यो खोलाले खेतीयोग्य जमिक कटान गर्छ बुढाले कार्यक्रममा भने।हामी बसेका ठाउँ लालपुर्जा छैन हामी भूमिहिन छौं ‘।लगन विकले भने ‘।उनका अनुसार जंगलमा आर्मीले फेला पारेको अवस्थामा  पिड्ने र उठसब गराउने गर्छ ‘।यो गलत भइरहेको छ’।विकले थपे ।

गरिबी र आर्थिक रुपमा विपन्न समुदायहरुको बसोबास रहेको करेलीका समुदाय जंगली जनावर बाट पिडित छन भने त्रासयुत्त जीवन जीउन बाध्य उनीहरु राज्यले बैकल्पीक बस्ति व्यवस्थापन गरे उनीहरुलाई राहत हुने देखिन्छ।  अभिमुखिकरण कार्यक्रमको फियान नेपालका सुरेश गौतमले सहजीकरण गरेका थिए ।

  • २० फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech