बाँके बैजनाथ\बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले आर्थिक रुपान्तर र समृद्ध बैजनाथ निमार्ण अभियानमा सबैको योगदान रहेको बताएका छन।अध्यक्ष रुचालले सबै जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकाल सुनौलो सुखद अनुभूतिका साथ समृद्ध बैजनाथ निमार्णमा केन्द्रित रहेर कार्य सम्पादन गरेको बताएका छन। बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको साना किसान उद्यमी सुढृढिकरण परियोजना अन्तगत संचालनमा ल्याइएको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाको शेयर सदस्य अभिबृद्धि अभियान कार्यक्रममा रुचालले उक्त कुरा भनेका हुन।
उनले ५ वर्षे कार्यकालमा विकास निमार्ण मात्र नभएर महिला शशक्तिकरण सगै आत्म निर्भर समाज बनाउन महत्वपूर्ण सबै जनप्रतिनिधिहरुको कार्यकाल रहेको दावि गरेका छन।
उनले भौतिक पूर्वाधार मात्र विकास नभएको बताउदै विकासका आधार सबै भन्दा पहिला आत्म निर्भर र महिला नेतृत्व र महिला शशत्तिकर रहेको बताए । उनले अब बैजनाथ गाउँपालिका द्धारा संचालित सहकारीको उदेश्य सबै परिवारलाई स्वरोगार बनाउने तर्फ केन्द्रित योजना बनाइने बताए । उनल अब बैकहरु मर्फत कृषिमा यान्त्रीकरण र उत्पादीत बस्तुको बजारीकरण गर्नका लागि सहकारी मार्फत समृद्ध बैजनाथ निमार्ण खुसी बैजनाथ बनाउन सबै लाग्नु पर्ने धारणा राखे ।
परियोजनाले प्राप्त गरेका प्रगति स्थानीय सरकारको रहेको बताउदै समृद्ध बैजनाथ निमार्णमा अन्य जो कोही व्यक्त स्थानीय सरकारमा नेतृत्व गरेतापनि कार्यक्रमलाई निरन्तर दिनु पर्ने बताए । उनले किसानहरुको जीवन स्तरमा सवलीकरण गर्ने उदेश्य सबै राजनितिक पार्टीको हुनु पर्ने जीकीर गर्दै अब न्याय यो मासले गर्ने बेला आएको बताएका थिए ।
परियोजनामा मार्फत बैजनाथ १ मा ६ सय परिवार प्रत्यक्ष लाभ लिएका छन । कार्यक्रममा सामाजीक पुर्जी ,बचत बजारीकरण र सहकारीबाट लिएको ऋृण बाट उत्कृष्ट व्यवसाय गर्ने समुहलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न १ का अध्यक्ष रुप बहादुर मल्लले बैजनाथ १ का सबै घरपरिवारमा परियोजना पुर्याउने उदेश्य रहेको बताए ।
उनले विकास निमार्णका साथै आत्म निर्भर समाज बनाउन परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको दावि गरे ।
चेतनाको स्तर र सभ्य समाज बनाउन यहाँहरुको जीवनमा आएको परिवर्तनलाई निरन्तर लैजानु पर्ने बताए ।उनले सहकारीलाई यहाँहरुले उत्पादन गरेका बस्तुको बजारीकरण गर्नाका लागि यातायात ढुवानी समेत स्थानीय सरकारले उपलब्ध गराएको बताउदै अब यहाँहरुको उत्पादनमा केन्द्रित हुनु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा सहकारी अध्यक्ष कल्पना थापाले सहकारीको प्रगति विवरण सुनाउदै यस संस्थालाई सवलीकरण गर्नाका लागि हामीसँग स्थानीय सरकार रहेका प्रति हर्षित तुल्याएको छ अब छिटै बैकहरु मार्फत अन्य कर्जा उपलब्ध गराउने दावि गरिने ।कार्यक्रमा सहकारी संचालन समितिका पधाधिकारी लगाएत ५ सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।
बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग हेफर प्रोजेक्ट नेपालको प्राविधि सहयोगमा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा बैजनाथ गाउँपालिका वडा न १ देखी ८ सम्म परियोजना सञ्चालन छ । हाल सम्म ४ हजार परिवार यस परियोजना मार्फत प्रत्यक्ष लाभ लिएका छन।