६ जेष्ठ २०८२, सोमबार

११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अध्यक्ष रुचाल द्धारा शुभकामना व्यक्त
  • न्युज मानसराेवर

बाँके\ बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले  ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैजनाथका जनतामा  शुभकामना व्यक्त गरेका छन् ।

उनले  महिलाका हक, अधिकार र न्याय सुनिश्चित गर्न योगदान गर्नुहुने तथा जीवन समर्पण गर्ने महिला योद्धाहरूलाई विशेष सम्मानका साथ स्मरणसमेत गरेका छन् ।

अध्यक्ष रुचालले स्थानीय सरकारले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विना कुनै भेदभाव समान अवसर उपलब्ध गराइएको भनेका छन।

संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्ति लगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको रुचालले उल्लेख गरेका छन।

महिला विरुद्ध हुने कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाएको छ, उनले भनेका छन।  महिला सशक्तीकरण सबैको साझा सरोकारको विषय भएको उल्लेख गर्दै  महिलाको लैङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न हामी सबै प्रतिबद्ध हुन आवश्यक रहेको उनले उल्लेख गरेका छन।

 

  • २४ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech