बैजनाथ \नेकपा समाजवादी दल बैजनाथ गाउँपालिका सचिव कन्चन गौतम एमालेमा समाहित भएकी छिन। नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चाज सुर्य ढकालले गौतमलाई पार्टीमा स्वागत गरेका छन।नेकपा एमाले गाउँपाकिला कमिटीको आयोजनामा उक्त प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो ।नेकपा एमालेमा समाहित भएपछि कंचन गौतमले विधि र विधानको कुरा मात्र गरेर सिद्धात बन्न नसक्ने हुँदा आफु पूर्ण आफ्नो घर एमालेमा फर्केको बताइन। उनले विचार, सिद्धान्तमा कुनै भिन्नता नभए किन पार्टी मात्र खोल्ने? आम जनतालाई जनताको बहुदलय जनवाद प्यारो छ । त्यसैले मूल घर एमाले भएका कारण आफु एमालेमा समाहित भएको बताइन।
कार्यक्रममा एमाले केन्द्रिय सदस्य सुर्य ढकालले गठबन्धन केवल सत्ताको लोभका कारण मात्र सृजित भएको बताए ।उनले देशको विकास र समृद्ध नेपालको अभिभारा केवल नेकपा एमाले मात्र गर्ने दावि गरे ।
उनले अब माधव नेपाल समुहले धेरै दिन जनतालाई भ्रममा पार्न नसक्ने दावि समेत गरेका थिए । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य घननाथ खनाल , नन्द विश्वकर्मा जिल्ला कमिटी सचिव रत्न खत्री पालिका अध्यक्ष इन्द्र थापा सचिव प्रेम सुवेदी लगाएतको पदाधिकारीको सहभागिता रहेको थियो ।