बाँके\ बैजनाथ गाउँपालिकामा सरोकारवाला विच अन्तर्राष्ट्रिय नारी दिवसमा अन्तरक्रियात्मक कार्यक्रमको आयेजना गरिएको छ । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बर्तमान अवस्थामा महिलाहरुको रुपान्तरण र नीतिगत व्यवस्था ,बैजिङ घोषणामा नेपालले गरेका प्रतिवद्धता बारे बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले सहजीकरण गरेका थिए ।
बैजनाथ गाउँपािलका अध्यक्ष मान बहादुर रुचालले आर्थिक सवलीकरण शशक्तिरकण महिलाहरु आत्म निर्भर हुनु पर्छ भन्ने सवालमा स्थानीय सरकार दत्तचित रहेर कार्य सम्पादन गरिरहेको बताए । उनले महिला अधिकार नेपालको संविधानमा मौलिक हकका रुपमा स्थापित गरेको बताउदै तिब्र कायान्वय चरणमा रहेको समेत बताए ।
कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले स्थानीय सरकारले महिलामैत्री योजना आर्थिक रुपान्तरण सम्बन्धि विभिन्न कार्यक्रमहरुको संचालन गरेको बताइन । कार्यक्रममा बैजनाथ गाउँपालिका महिला तथा बालिकालिका शाखाको आयोजनामा सरोकारवाल विच अन्तरसंवाद कार्यक्रममाको आयोजना गरी ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको थियो ।
११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको मुख्य नारा ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारालाई आत्म साथ गरी बैजनाथमा अन्तरसंवाद कार्यक्रमको आयोजना गरिएको महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी ज्ञवालीले जानकारी गराएकी छन।