६ जेष्ठ २०८२, सोमबार

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\  राप्ती सोनारी गाउँपालिका-२ जिरोस्थित सडकमा लु.१ च ८११९ नम्बरको स्कारपियोले भे.५ प ७१५५ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक बर्दिया बांसगढी नगरपालिका-४ घर भएका २८ वर्षीय हिरालाल थारुको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, लमही नगरपालिका-३ बनगाउँस्थित सडकमा बा.१० च २५८१ नम्बरको कार र रा.६ प ६८४९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक राप्ती गाउँपालिका-१ भालुबाङ बस्ने २५ वर्षीय नरेन्द्र जिसीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका नरेन्द्रको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० रहरपुरस्थित सडकमा भे.२ प २९३४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका-७ बस्ने १९ वर्षीय चन्द्र बहादुर सिजालीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने २१ वर्षीय बल बहादुर कामीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मुगु, खत्याड गाउँपालिका-७ गम्थास्थित सडकमा भे.१ त ९८१३ नम्बरको ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेर मंगलबार बेलुकी दुर्घटना हुँदा ट्याक्टर चालक सोही गाउँपालिका-७ गम्फा बस्ने २० वर्षीय धनसिङ परियारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार खत्याड गाउँपालिका-११ बस्ने १७ वर्षीय मनोज कार्कीको प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • २५ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech