बर्दिया/ बारबर्दिया नगरपालिका-९ खैरेनी बस्ने सानु चौधरीको घरमा मंगलबार बेलुकी आगलागी हुँदा १४ वर्षीय दिनेश चौधरीको जलेर मृत्यु भएको छ । सानु चौधरीको श्रीमती र छोरी छिमेकीको घरमा गएको र दिनेश एक्लै घरभित्र सुतिरहेको अवस्थामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको बुझिएको छ ।