२१ जेष्ठ २०८२, मंगलवार

सिटिजन्स बैंक र बर्दिया गैँडा क्याम्प होटलबीच समझदारी
  • न्युज मानसराेवर

बाँके\सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैँडा क्याम्प होटलबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई १०% छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले बर्दिया गैँडा क्याम्प होटलको सबै सेवा सुविधामा १०% छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन  इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको
छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल यो सुविधा मार्पmत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड   एटिएमबाट पैसा निकाल्न सक्नेछन्  र मुद्दती खाताको आवेदन समेत दिन सक्ने लगायतका व्यवस्था गरेको बैंकले जनाएको छ ।

  • २६ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech