बाँके\बाँके जिल्लमा घुुमवा प्रहरी र अपराधीक गतिविधिमा संलग्न व्यक्तिबीच साँठगाँठ बढेको देखिएको छ । कतिसम्म भने लागुऔषध तस्करी गर्नेसँग समेत प्रहरीको सेटिङ चल्न थालेको छ ।
हातहतियार ओसारपोसारमा समेत पुलिसका इन्स्पेक्टरदेखि माथिल्लो दर्जाका अधिकृतको संलग्नता रहेको खुलेको छ । यसले पनि बाँकेमा साना हातिहतियारको जोखिम बढेको छ । यस्ता हातहतियार नियन्त्रणमा पुलिस जानीजानी असफल देखिएको छ ।
हरेक १० महिनामा सरूवा हुने पुलिसका इन्स्पेक्टर असुलीमा सक्रिय भएको कारण १५ महिनासम्म पनि सरूवा गरिएका छैनन । एसपी श्यामकृष्ण अधिकारीको निर्देशनमा इन्स्पेक्टरदेखि जवानसम्म असुलीमा लागेका छन । अहिले बाँकेमा घुमुवाको त आतङ्कै मच्चिएको देखिएको छ ।
तर, जिल्ला पुलिसमात्रै नभई लुम्बिनी प्रदेश पुलिसका डिआईजी समेत बाँकेको आतङ्कमा चुपचाप रहेका छन । यसले पनि जवानदेखि एसपी हुँदै डिआईजीसम्मको असुली सेटिङ्ग दरो देखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले खटाएका घुमुवा असइ विवेक अधिकारी र सिपाही विनोद केसीले अपराधिक समूहसँग साँठगाँठ गरेर पैसा असुल्न थालेको खुलेको छ ।
उनीहरुले लागुऔषध तस्करी गर्नेलाई समेत संरक्षण दिन थालेको प्रहरी स्रोत बताउँछ । नेपालगन्जको नेपाल बैंक लिमिटेडको पछाडी बस्ने रिजाउल तथा कोहलपुरका अनमोल नामक व्यक्तिलाई लागूऔषध कारोबारमा सघाएको खुलेको छ ।
मासिक पैसा लिएर उनीहरुलाई घुुमुवा प्रहरीले सघाउने गरेको जिप्रका बाँकेका एक अधिकारी बताउँछन । उनीहरूले भारतको बहराइच जिल्लाका इम्तियाज फिजा किनारा स्टोरका तस्करसँग मिलेर कारोबार गर्दै आएका छन् । सो समूहले हतियारको समेत कारोबार गर्ने गरेको खुलेको छ ।
हिरमुनियाका कुख्यात तस्कर मन्सुर लगायतले पनि प्रहरीसँग सेटिङ मिलाएर आफ्नो धन्दा चलाइरहेका छन् । जिल्लाका सबै क्यासिनोमा नेपाली प्रवेशलाई खुला गरिएको छ । मासिक डिल मिलेपछि प्रहरीले क्यासिनोमा नेपालीलाई प्रवेश खुला गरेपछि बाँके र आसपास जिल्लाका जुवाडे समेत क्यासिनोमै भेला हुन थालेका छन् ।
आफु नेपाली कांग्रेसको खास मान्छे भएको र कसैले केही गर्न नसक्ने भन्दै एसपी अधिकारी असुलीमा केन्द्रीत भएको खुलासा भएको छ । बाँके बस्न अब २–३ महिना मात्र रहेकोले गतिलो सेटिङ्ग मोटौ रकम असुली गर्ने एसपी लगायतको केही अधिकारीको मनशायमा बाँके पुलिस सक्रिय देखिएको पनि खुलेको छ ।
शुरूवाती समयमै पत्रकारदेखि अधिकारकर्मी र नागरिक समाजका अगुवालाई विविध धम्की दिएका एसपी अधिकारले क्यासिनोको रक्सीदेखि बढैयातालका माछासमेत नछोडेको खुलिसकेको छ । उनी विरूद्ध अख्तियारदेखि राष्ट्रिय मानव अधिकार आयोगमा समेत अधिकार हनन र आर्थिक चलखेलको उजुरी विचाराधिन छ । साभार