बाँके\बैजनाथ गाउँपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा आम नागरिकको उत्साह देखिएको छ। ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवन’ शुभारम्भ कार्यक्रममा सो उत्साह देखिएको हो। व्यक्तिको उचाइअनुसार नौ वटा चक्कीसम्म खान हुने सो औषधि छारे रोग, गर्भवती महिला, सुत्केरी महिला, सिकिस्त बिरामी र दुई वर्षभन्दा कम उमेरका बालबालिका सेवन गर्न नहुने चिकित्सकले बताएका छन्। जुकाको औषधिसमेत खुवाइने यो अभियान आज बाट शुरु गरिएको हो । बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीका अनुसार २ वर्ष माथीका सबै बैजनाथका नागरिकलाई उक्त औषधी सेवन गराउने लक्ष्य छ । अब आज बाट शुरु भएको छ संख्याको तथ्याकं आयन केही दिन लाग्छ उनले भनेका छन। अभियानमा बैजनाथ गाउँपालिका वडा न १ देखी ८ वडाका वडा अध्यक्षहरुले अभियानको शुरुवात गरेका थिए ।