कोहलपुर । कोहलपुर नगरपालिकाले किसानलाई विमा अनुदान कार्यक्रम संचालन गरेको छ ।किसानले व्यहोर्नु पर्ने पशु विमा प्रिमियमको ५० प्रतिशत अनुदान रकम आज उपलब्ध गराइएको छ । कोहलपुर नगरपालिकाले कृषकहरुलाई पशु उत्पादनमा विशेष जोड दिइएको कोहलपुर नगरपालिका आर्थिक विकास समिति संयोजक डिल बहादुर परियारले भनेका छन। उनले पशुको उचित व्यवस्था गरेपछि किसानहरुको जीवन स्तर माथी उठ्ने विश्वास नगरपालिकाले लिइएको बताए। नगर पशु सेवा कार्यालयको आयोजनामा आर्थिक समिति संयोजक परियार द्धारा रकम हस्तान्तरण कार्यक्रम राखिएको थियो ।