बैजनाथ\बैजनाथ गाउँपालिका वडा न २ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको कार्यालय उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले आज एक कार्यक्रमका विच स्वास्थ्य सेवा केन्द्र कार्यालयको उद्घाटन गरेका हुन। अध्यक्ष रुचालले बैजनाथ गाउँपालिका बाँकेको एक समृद्ध गाउँपालिकाका रुपमा स्थापित गर्न सफल भएको बताएका छन । उनले आम नागरिकका आधारभूत आवश्यता लाई मध्यनगर गर्दै पूर्वाधार विकास स्वरोगार महिला शशक्तिरकण आत्म निर्भर केन्द्रित नीति द्धारा बैजनाथ गाउँपालिका समृद्ध बैजनाथ निमार्ण गर्न लागिएको बताए ।
उनले संविधानमा नागरिकका आधारभूत मौलिक हकका रुपमा रहेको स्वास्थ्य सेवा बैजनाथ गाउँपालिकाका सबै वडाहरुमा पुर्याइएको बताएका छन। संविधानले प्रत्याभूत गरेका नागरिकका अधिकार स्थानीय सरकारले तद अनुरुप कार्य सम्पादन गरेको दावि गरे । उनले संघिय कानून निमार्ण गरि स्थानीय सरकारका काम कर्तव्य बारे स्पष्ट नीति नहुँदा चाहे जति काम गर्न कठिन हुँदा हुदै पनि स्थानीय सरकारले शिक्षा, स्वाथ्य ,स्वरोजगारी निमार्णका सवालमा अदभूत कार्य गर्न सफल भएको उल्लेख गरे ।
रुचालले कृषिमा यान्त्रीकरण नीति २०७१ मार्फत बैज्ञानिक कृषि प्रणाली अनुसरण गरिएको बताउदै किसानले उत्पादन गरेका बस्तुको बजारीकरण गर्नका लागि सहकारीलाई जिम्मा दिन नीतिगत व्यवस्था गरिएको बताए । उनले गाउँपालिकाले समृद्धका आधारहरु निमार्ण गरेका दावि गर्दै अब छिटै बैजनाथ गाउँपालिका निशुल्क ३ वटा एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको बताए । उनले हामी रहुँदा नरहुँला तर जनताका आधारभूत आवश्यताहरु पुरा गरिकन आफ्नो कार्यकाल सफल बनाउछौँ उनले भनेका छन।
कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले वितेका ५ वर्ष बैजनाथ गाउँपालिकाले प्रत्येक वडामा जनसंख्या तथा भूगोल अनुरुप बजेट निमार्ण र त्यसको कार्यान्वयमा विशेष जोड दिएको बताइन ।
उनले न्यायिक कार्य सम्पादनका सवालमा बाँके जिल्लाकै उत्कृट गाउँपालिका रहेको दावि समेत गरिन । त्यसै गरी बैजनाथ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीले स्थानीय सरकारका नीति तथा कार्यक्रमहरु कार्यान्वय गर्ने सन्र्दभमा कुनै बाधा व्यवदान नरहेको बताए । उनले समृद्ध बैजनाथ निमार्णका लागि कार्यापालिका तथा गाउँ सभा बाट अनुमोदित नीति तथा कार्यक्रमहरु तद अनुरुप कार्यान्वयन ल्याइएको उल्लेख गरे ।
त्यसै गरी बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले संविधानले प्रत्याभूत गरेका आधारभुत स्वस्थ सेबाहरु भोलि बाट संचालन गरिने बताए । शाहीले आधारभुत स्वस्थ सेबा बारे उल्लेख गर्दै खोप सेबा, पोषण सेबा सुरक्षित मातृत्व सेबा ,परिबार नियोजन र सामान्य रोगहरुका उपचारका साथै जेष्ठ नागरिक स्वस्थ सेवा स्वस्थ केन्द्र बाट प्रधान हुनेछ शाहीले भने ।
नर्वनिमित आधारभूत स्वास्थ्य सेवा केन्द्रको कार्यालयको कूल ६ वटा कोठा रहेका छन। बैजनाथ गाउँपालिका वडा न २ का अध्यक्ष प्रेम थापाको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो । त्यसै गरी कार्यक्रममा बैजनाथ गाउँपालिका वडा अध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य ,गाउँपालिका सुचना अधिकारी तप्तराज आचार्य ,स्वास्थ्य शाखा कर्मचारी, महिला तथा बालबालिका शाखा लक्ष्मी ज्ञवाली स्थानीय समुदाय, नौवस्ता शशस्त्र प्रहरी बलका प्रतिनिधि ,प्रहरी लगाएतको सहभागिता रहेको थियो ।