बाँके\लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौँ तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार आयोगले बुधवार (चैत २ गते) विज्ञापन आह्वान गरेको हो ।
स्टाफ नर्सका लागि खुलामा मात्रै १६५ जनाको सिट छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगता भएकामा सात र पिछडिएका क्षेत्रमा पाँच सिट कायम गरिएको छ ।
आवेदकले २२ चैतभित्र नियमित र २९ चैतभित्र दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।