७ जेष्ठ २०८२, मंगलवार

बैजनाथ ३मा भव्य रूपमा एमाले सम्पन्न गर्यो वडा भेला
  • न्युज मानसराेवर

बैजनाथ\नेकपा एमालेले बैजनाथ गाउँपालिका वडा न ३ काे वडा भेला भव्य रूपमा सम्पन्न गरेकाे छ। नेकपा एमाले वडा कमिटीका आयाेजनामा उक्त भेला आयाेजना गरिएको थियाे ।भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथि नेकपा एमाले जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपतिले स्थानीय चुनाबमा केन्दित हुन निर्देशन गरेका छन। उनले समृद्ध बैजनाथ बनाउन स्थानीय तहमा एमालेकाे सरकार हुन आवश्यक रहेकाे बताए । कक्षपतिले लाेकतन्त्र रक्षा र समृद्धिकाे यात्रा केवल एमालेले मात्र पूरा गर्ने दावि समेत गरेका छन ।
यसैगरी नेकपा एमाले पूर्व जिल्ला अध्यक्ष निरक गुरूङले समाजवादकाे यात्रा र समृद्ध नेपाल निर्माणकाे परिकल्पना केपी ओली सरकारले गरेका राम्रा उपलब्धि हरूलाई संस्थागत गर्न समेत अब हुने निर्वाचन एमालेकाे सरकार आवश्यक रहेकाे बताए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य प्रेम भूसालले सरकार बाट लाेकप्रिय ओली सरकार ढालेर अलाेकतान्त्रिक गठबन्धन सरकारले जनता मारा निति लिएकाे आराेप लगाएका छन ।
उनले चरम महगीकाे सिकार गरिव जनतालाई गठबन्धन सरकारले उपहार दिईरहेका समेत उल्लेख गरे । त्यसै गरि कार्यक्रममा नेकपा एमाले पालिका कमिटी सचिवालय सदस्य तथा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रूचालले स्थानीय सरकारले समृद्ध बैजनाथ निर्माण गर्नाका लागि आवश्यक विकासका सुचकहरू पूरा गरेकाे दावि गरेका छन ।रूचालले शिक्षा ,स्वास्थ राेजगारी पूर्वाधार निर्माण महिला शशतिकरणका सन्दर्भमा स्थानीय सरकारले महत्त्वपूर्ण कामहरू गरेकाे दावि गरेका छन । उनले संविधानले प्रत्याभूत गरेका नागरिकका आधारभूत माैलिक अधिकार स्थानीय सरकारले सुनिश्चित गरेकाे बताए । उनले अब छिटै लालपुर्जा वितरण गर्नाका लागि तिब्र गतिमा कामहरू गरिरेकाे समेत उल्लेख्य गरेका छन ।रूचालले पहिलाे चरणमा बैजनाथ वडा न ६ र वडा न २ बा जनातालाई लालपुर्जा वितरण गर्न कामहरू भईरहेकाे समेत बताए ।
उनले नाैवस्ता ओधाैगिक क्षेत्रमा बसाेबास गर्ने आम नागरिक हरू घर विहिन नहुन भन्ने उदेश्यले ६० लाख रूपैया वस्ति व्यवस्थापनका क्षेत्रमा बजेट सुनिश्चित गरिएकाे समेत बताए । उनले पहिला स्थानीय जनताकाे व्यवस्थापन पछि ओधाैगिक क्षेत्र निर्माण गर्नु पर्छ भन्ने स्थानीय सरकारकाे माग समेत रहेकाे दावि गरेका छन।कार्यक्रममा नेपाली कांग्रेस माओवादी केन्द्र पार्टी परित्याग गरि ५८ जना एमालेमा प्रवेश समेत गरेका छन।उनीहरूलाई नेकपा एमाले जिल्ला अध्यक्ष कक्षपतिले पार्टीमा स्वागत गरेका थिए।कार्यक्रममा जिल्ला कमिटी सदस्य बैजनाथ गाउँपालिका कमिटीका पदाधिकारी वडा कमिटीका पदाधिकारी लगाएतको सहभागीता रहेको थियो । नेकपा एमाले वडा कमिटी अध्यक्ष काली बहादुर खड्काकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएकाे थियाे ।

  • ५ चैत्र २०७८, शनिबार प्रकाशित

  • Nabintech