७ जेष्ठ २०८२, मंगलवार

अनाधिकृत जग्गा प्लटिङ्ग : दलालीमा पत्रकारदेखि पुलिस अफिसरसम्मको सक्रियता
  • न्युज मानसराेवर

बाँके / बाँकेमा अबैद्य रूपमा जग्गाको प्लटिङ्ग तथा जग्गामा दलाली माौलाउँदै गएको देखिएको छ । खेतियोग्य जमिन मासिँदै जाँदा यहाँको भूमि घटिरहेको देखिएको छ । जग्गा दलालले प्लटिङ्ग गरेर खेतियोग्य जमिन समेत बिक्रि वितरण गर्दै आएका छन ।

बाँकेमा जग्गा दलालीमा पत्रकारदेखि शिक्षक, उच्च सरकारी अधिकारी, पुलिसका उच्च अधिकारी समेत सक्रिय भैरहेको खुलेको छ । बाँकेमा डिएसपी लेवलसम्मका पुलिस दलालीमा सक्रिय पत्रकारसँग मिलेर जग्गा प्लटिङ्ग गर्ने र बिक्रि वितरणबाट कमिशन लिने काममा सक्रिय देखिएका छन ।

ग्रामीण क्षेत्र र पहाडी जिल्लाबाट सहरी क्षेत्रमा बसाइसराइ गर्ने क्रम बढ्दै गएपछि यहाँको खेतीयोग्य जमिन बाँझिँदै गएको छ । सडक पुग्नासाथ प्लटिङ गर्ने क्रम बढ्दै गएपछि खेतीयोग्य जमिन प्रयोगविहीन बन्न थालेको हो ।

बाँकेमा खेतीयोग्य जमिनमध्ये ४ हजार ५ सय हेक्टर जमिन बाँझै रहेको कृषि ज्ञान केन्द्र बताउँछ । केन्द्रका अनुसार जिल्लामा खेतीयोग्य जमिनको क्षेत्रफल ५७ हजार २ सय ५२ हेक्टर छ । कुल खेतीयोग्य जमिनको ७ दशमलव ८५ प्रतिशत जमिन बाँझो छ ।

नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरामा प्लटिङ गर्दै घडेरी बनाउने क्रम बढिरेहको छ । सडक पुगेका ग्रामीण क्षेत्रहरू पनि घडेरीको रूपमा बिक्री हुन थालेका छन् । अव्यवस्थित बसोबास गर्ने क्रम बढ्दै गएको छ । यसरी अनाधिकृत जगगाको कारोवारमा पत्रकार, शिक्षक, कर्मचारी देखि पुलिस हाकिमसम्मको मिलेमतो देखिएको छ ।

मालपोत कार्यालयका अनुसार दैनिक एक सय ५० बढी स्थानीय खरिदबिक्रीका लागि कार्यालयमा आउने गरेका छन् । नेपालगन्ज र कोहलपुरमा भित्रिी सडकमा समेत प्रतिकट्ठा १५ लाखदेखि ५० लाखसम्ममा घरजग्गाको कारोबार हुने गरेको व्यावसायी बताउँछन् । एक घरजग्गा व्यावसायीका अनुसार तीन वर्षयता जग्गाको भाउ चार गुणाले बढेको छ ।

सहरी क्षेत्रका आसपासमा जग्गा पाइन छाडेको छ । त्यसैले भाउ अकासिँदै गएको हो । नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्रमा करिब डेढ सय बढी स्थानमा प्लटिङ गरिएको अनुमान छ ।

सहरी क्षेत्रबाहेक पुरैना, गंगापुर, मटेहियालगायतका गाविसमा पनि जग्गा बाँझो हुने क्रम बढिरेहको छ । ग्रामीण क्षेत्रमा सिँचाइ समस्या, अधिया बटैया लगाउने प्रचलन हट्दै जानु, जग्गाधनी बाहिरै बस्नुलगायत कारणले जमिन बाँझो हुन थालेको हो ।साभार

  • ६ चैत्र २०७८, आईतवार प्रकाशित

  • Nabintech