७ जेष्ठ २०८२, मंगलवार

रेडपाण्डाको छाला र चरेशसहित ६ जना पक्राउ
  • न्युज मानसराेवर

बाँके\ बाँके प्रहरीले आइतवार रेडपाण्डाको छाला र चरेशसहित ६ जनालाई पक्राउ गरेको छ । नेपालगञ्जको नर्सिङहोम अगाडिको एक होटलबाट दुई थान रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको हो ।

डोल्पाका शुकराम विक, विकेश बोहरा, रामकृष्ण शाही र हर्कबहादुर विकलाई प्रहरीले रेडपाण्डाको छालासहित पक्राउ गरेको हो ।

रेडपाण्डाको छाला बिक्रीवितरण हुँदैछ भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको कमान्डको टोलीले आइतवार बिहान साढे ११ बजेतिर नेपालगन्ज–१२ स्थित नेपालगञ्ज मेडिकल कलेजको पश्चिमतर्फ रहेको एक होटलको १०५ नम्बर कोठाबाट २ थान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित उनीहरु पक्राउ परेको डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

त्यस्तै, प्रहरीले पुष्पलालचोकस्थित एक होटलबाट दुई किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटका प्रवीण शाही र नेपालगन्जका राज कार्की रहेका छन् ।

  • ६ चैत्र २०७८, आईतवार प्रकाशित

  • Nabintech