८ बैशाख २०८२, सोमबार

बैजनाथमा बैगारको अध्यक्षतामा महिला स्वास्थ्य स्वयंसेविका संगठन विस्तार
  • न्युज मानसराेवर

बैजनाथ\  नेकपा एमाले निकट भातृय संगठनहरुको तिब्रताका साथ गठन र नेतृत्व हस्तान्तरण अभियानले संचालन गरिएको छ ।

पछिल्लो समय स्थानीय तहको निर्वाचन लक्षित अभियानलाई तिब्रता दिदै नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटीले तिब्रता दिइएको हो ।

नेकपा एमालेका २३ भातृय संगठन मध्य अधिकाश भातृय संगठनलाई वडा स्तरमा गठन गरिएको नेकपा एमाले पालिका सचिव प्रेस सुवेदीले जानकारी गराएका छन। आझै पालिका स्तरीय महिला स्वास्थ्य स्वयंसेबिका संगठन गरिएको छ ‘ सचिव सुवेदी भनेका छन।

शोभा बैगारको अध्यक्षतामा १५ सदस्य पालिका स्तरीय महिला स्शवास्थ्य स्वयंसेविका गठन गरिएको हो ।

उनीहरुलाई नेकपा एमाले जिल्ला कमिटी सदस्य मात्रव रिजालले शुभकामना तथा स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन आग्रह छन।

यसै गरी नेकपा एमाले पालिका कमिटी अध्यक्ष इन्द्र थापाले स्थानीय तहले गरेका राम्रा कामहरुको संस्थागत रुपमा रहन समेत बैजनाथमा एमाले सरकार हुन आवश्यक रहेको बताए ।

यसै गरी पालिका स्तरीय सचिवालय सदस्य तथा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले स्थानीय तहले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उपलब्ध गराइएको सेवा सुविधा बारे जानकारी गराएकी थिइन ।

उपाध्यक्ष विकले संघिय सरकार बाट प्राप्त हुने रकममा शत प्रतिशत स्थानीय तहले बजेट विनियोजन गरेको जानकारी गराईन यसै गरी उनले खाजा बापत समेत रकम विनियोजन गरीएको जानकारी गराइएको थियो ।

  • ८ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech