१ असार २०८२, आईतवार

चैतमा काठमाडौं आउला त मेलम्चीको पानी ?
  • न्युज मानसराेवर

बाँके\ खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मात्र यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने
बताए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने सपना यही चैत मसान्तसम्ममा पूरा हुने उनको दाबी छ ।

सरकारका तर्फबाट चैतभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरणको घोषणा यो पहिलो भने होइन, प्रधानमन्त्री शेरबहादुर देउवाले समेत प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ६ महिना पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पनि यो वर्ष मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका थिए ।

सरकारले चालू आर्थिक वर्षको बजेट व्यक्तव्यमा पनि सरकारले २०७९ को वैशाखसम्म बाढीग्रस्त मेलम्ची खानेपानी आयोजना पुनस्र्थापनाको काम सकेर काठमाडौंमा पुनः पानी ल्याउने घोषणा गरिएको छ ।

चैतको पहिलो हप्ता सम्पन्न हुँदा पनि विभागीयमन्त्रीदेखि सरकारका विभिन्न अधिकारीहरूले चैतभित्रै मेलम्चीको पानी आउने दाबी गर्दै आएका छन् ।

चैतमा आउला त मेलम्चीको पानी ?
सरकारको दाबीजस्तै मेलम्ची खानेपानी चैतभित्रै काठमाडौं उपत्यकामा वितरण गर्नेगरी काम भइरहेको पाइन्छ । अहिले अस्थायी रूपमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने तयारी भइरहेको हो ।

मेलम्ची खानेपानी विकास बोर्डका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्त निर्माण कम्पनीले चैतभित्रै अस्थायी रूपमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न सम्भव रहेको बताएकाले चैतभित्रै वितरण गर्न सम्भव रहेको बताउँछन् । ‘स्थायी समाधानका लागि अहिले पनि अध्ययन भइरहेको छ, अहिले हामीले चैतभित्रै अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्नेगरी काम गरिरहेका छौं, निर्माण कम्पनीले चैतभित्रै वितरण सम्भव रहेको बताएका छन्,’ उनले राजधानीसँग भने ।

कति भयो त प्रगति ?
अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । मुख्य सुरुङभित्र केही लेदो पसेको पाइएकाले त्यो सफा गर्ने काम सकिएपछि पानी हाल्ने काम सुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मुख्य सुरुङमा यसअघि लेदो नपसेको अनुमान गरिएपछि लेदो पसेको तर, ठूलो समस्या नरहेको पन्त बताउँछन् ।

गेट नम्बर, १, ९ र ३८ को मर्मतपछि काठमाडौं उपत्यकामा पानी पठाउन सकिनेछ । १ र ९ नम्बरको गेटको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३८ को केही मात्रा पुनर्निर्माणको काम बाँकी रहेको बोर्डका सूचना अधिकारी पन्त बताउँछन् ।

अहिले सो स्थानमा विद्युत्को पनि समस्या रहेको छ । बोर्डले स्थायी समाधानका लागि नेपाल विद्युत् प्राधिकरणसँग अनुरोध गरिसकेको पाइएको छ भने अहिलेलाई अस्थायी रूपमा त्यहाँ विद्युत् पु¥याउने काम भइरहेको छ ।

बोर्डले सुरुङमा कति पानी पठाउन सकिन्छ भनेर अहिले नै अनुमान गर्न भने नसकिने जनाएको छ । ‘सुक्खायाम भएकाले पानी कम छ, सबै पानी सुरुङमा हाल्न सकिन्न कि भन्नेछ,’ पन्त भन्छन्, ‘पानीको परिणाम कति हुन्छ यो चाहिँ भन्न सकिन्न, १७ करोड लिटर नै पनि पठाउन सकिन्छ, घटी पनि हुन सक्छ ।’

मेलम्ची खानेपानी आयोजनाको क्षति पुगेको ठाउँमा चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुंगा विस्फोट गराएर नदी सफाइलगायतको काम गर्दै आएको छ । राजधानी दैनिकमा टेनिस रोकाले खबर लेखेका छन् ।

  • ९ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech