८ जेष्ठ २०८२, बुधबार

 सिद्धार्थ नगर नगरपालिकामा लैगिंक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्पन्न
  • न्युज मानसराेवर

भैरहवा\सिद्धार्थ  नगर  नगरपालिकामा तिन दिने लैगिंक समानता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

लुम्बिनी प्रदेश प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्को आर्थिक सहयोग तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा तीन दिने परिक्षण संचालन गरिएको थियो । सिद्धार्थ नगर नगरपालिका उपमेयर उमा काफ्लेले कानूनमा भएका व्यवस्था अनुरुप नगरको कार्य सम्पादन हुँदा सेवा प्रवाह जवाफदेही र सरकारको कार्य सम्पादन मापन उतकृष्ट हुने बताइन ।

उनले राज्यको नीति पनि अच्चमको रहेको बताउदै यो कार्यक्रममा ४ वर्ष पहिला नै संचालन हुनु पर्ने जिकिर गर्दै अब विषयगत शाखाका प्रमुखहरु जिम्मेवार भई आउँदा दिनमा उत्कृष्ट नगरको रुपमा विकास गर्नु पर्ने धारणा राखिन ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासीनीले सुचकहरु देखिएका कमिकम्जोरीहरुलाई सुधारका रुपमा कामहरु गरिने बताए । उनले प्रदेश सरकारले स्व मुल्याकंन बाट यसरी स्थानीय सरकारको क्षमता अभिबृद्धि समेत भएको बताए ।

कार्यक्रममा वडा अध्यक्ष कार्यपालिका सदस्य विषयगत शाखा प्रमख लगाएत ३६ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण विषय विज्ञ शोभिता परियारले गरेकी थिइन ।

  • १० चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech