बैजनाथ\बैजनाथ गाउँपालिकामा नेकपा एमालेको अभियान तिब्र रुपमा संचालन गरिएको छ ।
स्थानीय तहको चुनावले समेत तातिएको एमालेको अभियान न दिन न रात गरी संचालन गरेको पाइएको छ । उसले पार्टी प्रवेश अभियानलाई न दिन न रात गरी आफ्नो अभियान तिब्र रुपमा संचालन गरेको हो ।केन्द्र , प्रदेश,जिल्ला ,पालिका वडा कमिटीका सबै पदाधिकारीहरुले अभियानलाई तिब्रका साथ एमालेको नीति अनुरुप संचालन गरेका छन। हिजो रात्री करिब १० बजे एमाले सचिवले प्रेम सुवेदीले पूर्व जनमुक्ती सेनाको प्लाटुन कमाण्डर बैजनाथ ४ निवासी तिर्थ बोगटी लाई पार्टी प्रवेश गरेको सामाजिक संजाल बाट सार्वजनिक गरे । त्यसै हिजो रात्री करिब ८ बजे नेकपा एमाले प्रदेश कमिटी सदस्य घननाथ खनालले बैजनाथ ४ मा नै ७ घर लाई एमाले प्रवेश गरेको जानकारी गराउनुका साथै सामाजिक संजालमा तस्विरहरु सार्वजनिक नै गरे ।
त्यसै गरी गरी बैजनाथ ५ मा नेकपा एमाले सचिव रत्न खत्रीले अभियान अनुरुप ८ मार्च अर्थात फागुन २४ गते रात्री बैजनाथ ५ मा घनश्याम थारु सहित एक दर्जन नेपाली काग्रेस र माओवादी केन्द्र बाट एमाले प्रवेश गराए ।
त्यसै गरी नेकपा एमाले जिल्ला अध्यक्ष किश्मता कक्षपति लगाएत केन्द्रिय सदस्यहरुको जम्बो टोलिले नेकपा समाजवादी दल का पालिका अध्यक्ष तथा बैजनाथ ४ का वडा अध्यक्ष सहित ७० जनालाई पार्टीमा स्वागत गरे ।
त्यसरी नै नेकपा समाजवादी दल पालिका सचिव कंचन गौतमलाई नेकपा एमाले केन्द्रिय सदस्य सुर्य ढकालले पार्टी प्रवेशगराएका थिए । यी सबै केही घटना क्रमलाई मात्र हेर्ने हो भने बैजनाथ गाउँपालिकामा नेकपा एमाल आफ्नो शक्ति संचय लाई विशेष रुपमा संचालन गरेको देखिन्छ ।
अभियान आज
बैजनाथ गाउँपालिका वडा न ४ मा नेकपा एमालेका प्रदेश कमिटी सदस्य घननाथ खनाल बैजनाथ ४ का वडा अध्यक्ष कालि बहादुर सिह वडा सदस्य वडा कमिटीका पदाधिकारीहरुले ६ घर परिवारलाई एमाले प्रवेश गराएका छन।
त्यसै गरी नेकपा एमाले पालिका सचिव प्रेम सुवेदी पालिका सचिवालय सदस्य तथा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचार बैजनाथ ५ का वडा अध्यक्ष तथा पार्टी इन्चार्ज मन बहादुर खत्री, नेतृ लक्ष्मी थारुको उपस्थितिमा बैजनाथ ५ मा ५ घर परिवारलाई एमालेमा प्रवेश गराएका छन।