बाँके\ नेकपा एमाले नरैनापुर गाउँ कमिटीको दवाब पछि नरैनापुरमा इलाका प्रशाशन कार्यालय स्थापना हुने भएको छ ।नेकपा एमालेले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधनमन्त्री लाई ज्ञापनपत्र बुझाउने देखी नरैनापुर गाउँपालिकमा धर्ना तथा ५ हजार स्थानीय समुदायको हस्ताक्षर अभियान कार्यक्रहरु संचालन पश्चात नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय स्थापन हुने लागेको हो ।
तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्वका कारण नरैनापुर इलाका प्रशासन कार्यालय विस्थापित भएको थियो। लामो दूरी पार गर्दै जिल्ला सदरमुकाम नेपालगन्ज आउनुपर्ने बाध्यता भएपछि नेकपा एमाले ,स्थानीय लगाएत विभिन्न राजनितिक दलहरुले इलाका प्रशासन कार्यालय पुनर्स्थापनाको माग गरेका थिए। सोहीअनुसार यहाँ इलाका प्रशासन कार्यालय पुनर्स्थापना हुने भएको हो।
हाल इलाका प्रशासन कार्यालय नरैनापुर नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सञ्चालन भइरहेको छ। नागरिकता लगायत प्रशासनका सबै सेवाहरु लिन नरैनापुरवासीहरु अहिले पनि ४५ किलोमिटरभन्दा बढी दूरी पार गरेर नेपालगन्ज पुग्न बाध्य छन्।
यस विषयमा स्थानीयवासीहरुको पहिलेदेखि नै इलाका प्रशासन नरैनापुरमै सार्न माग गर्दै आएका थिए। उक्त मागका विषयमा बाँकेको प्रमुख जिल्ला अधिकारी भएर आएदेखि नै प्रजिअ सूर्यबहादुर खत्रीले प्रयास थालेका थिए।
पछिल्लो समय नेपाली कांग्रेसले पनि इलाका प्रशासन यथा–स्थानमै सार्न जिल्ला प्रशासन कार्यालयलाई दबाब गरेको थियो । जिल्ला प्रशासन कार्यालयले एकजना कार्यालय प्रमुखको व्यवस्थाका लागि पहल गर्दै इलाका प्रशासनका लागि पाँच कोठे भवनको व्यवस्था गर्न गाउँपालिकालाई पत्र लेखेको बाँकेका सायक जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी जानकारी दिए।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जिल्ला प्रशासनको पत्र प्राप्त भएपछि आफूहरु भवनको खोजीमा लागेको जानकारी दिए। अब भवनकै कारण इलाका प्रशासन गाउँपालिकामा आउन नरोकिने पनि उनले बताएका छन्। एक दुईवटा भवनहरु त्यसका लागि उपयुक्त देखिएको बताउँदै उनले केही दिनमा भवनको टुंगो लगाइने उल्लेख गरेका छन।