८ जेष्ठ २०८२, बुधबार

एमाले अध्यक्ष ओली बाँके आउँदै
  • न्युज मानसराेवर

बाँके / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधवार नेपालगञ्ज आउँदै छन् ।

एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार जुम्ला र कालिकोटको कार्यक्रममा जानका लागि अध्यक्ष ओली नेपालगञ्ज आउन थालेका हुन् ।

अपरान्ह ४ बजे नेपालगञ्ज आइपुग्ने अध्यक्ष ओली बुधवार नेपालगञ्जमै बास बस्ने छन् ।

नेपालगञ्ज बसाईका क्रममा यहाँका नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीले होटलमै भेटेर निर्देशन दिने नेताहरुले बताएका छन् ।
सरकारमा सामेल दलका बीचमा चुनावी गठबन्धन हुने पक्कापक्की जस्तै भइरहेको बेलामा ओलीको दौडधुपले एमाले कार्यकर्ता उत्साहित रहेको नेताहरु बताउँछन् ।

नेता तथा कार्यकर्ताको मनोबल बढाउन ओलीले जिल्लागत भ्रमण गरिरहेका छन ।

  • १६ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech