नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ को कृष्णनगरमा सोमबार दिउसो भिषण आगलागी भएको छ । सो आगलागीमा परेर करिव १५ घरगोठ र ४ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय भोजपुरका ईन्चार्ज प्रहरी निरिक्षक बसन्त गौतमले दिएको जानकारी अनुसार वडा नं ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउसो साढे ३ बजे आगलागी भएको हो । करिब डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको छ ।
आगलागीबाट कुनै प्रकारको मानवीय क्षति हुन नपाएको र घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।