बैजनाथ \नेकपा एमाले पोलिट ब्यूरो सदस्य युवा इन्चार्ज महेश बस्नेतले समृद्ध नेपाल र खुसी नेपालीको अभिभारा एमालेको सरकार भए मात्र सम्भव हुने बताएका छन ।बाँकेको बैजनाथ गाउँपालिकाको राष्ट्रिय युवा संघको प्रथम पालिका स्तरीय भेलालाई सम्बोधन गर्दै प्रमुख अथिति समेत रहेका बस्नेतले देशमा सुकुमबासी समस्या सामाधन ,गरिबी निवारण श्रमिकहरुको जीवन स्तर माथी ल्याउने देशको विकास र समृद्ध नेपाली अखण्ड नेपाल बनाउ केपी ओली सरकारले महत्वपूर्ण कामहरु गरेको बताए ।
उनले गठबन्धन सरकारको कुनै लक्ष्य नरहेको बताए । उनले राज्य बाट प्राप्त हुने सेवा सुविधा उपभोग मात्र गर्ने र गरिब श्रमिकहरु मारा नीति अबलम्बन गरी राज्य गर्ने उनीहरुको उदेश्य अब पुरा नहुने बताए । उनले स्थानीय तहको निर्वाचन मा एमालेको शक्ती उनीहरुका लागि छट्पटी र निद हराम भएको समेत बताए । उनले युवाहरु लाई गठबन्धन विरुद्ध डटेर सामना गर्न समेत निर्देश गरेका छन।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले सबै शक्ति स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन टोल , वडा पािलका र जिल्ला कमिटी भातृय संगठन सबै आग्रह गरे । उनले समृद्ध बाँके र खुसीमय बाँके निमार्ण गर्नाका लागि बाँकेका ८१ वटै वडाहरु र ८ वटा स्थानीय तहमा एमालेको जीत आवश्यक रहेको बताए ।
उनले गठबन्धन सरकारका पछिल्ला गतिविधिहरुको भण्डाफोर गर्न युवा शक्ति शशत्त रुपमा क्रियाशिल हुने आग्रह समेत गरेका थिए । त्यसै गरी प्रदेश कमिटी सदस्य घननाथ खनाल प्रदेश कमिटी सदस्य बसन्ती अधिकारी बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल लगाएतले आ आफ्नो धारणा राखेका थिए ।
अनिल कुमार थापाको अध्यक्षतामा ४१ सदस्य राष्ट्रिय युवा संघ बैजनाथ गाउँपालिका कमिटी चयन
राष्ट्रिय युवा संघको प्रथम पालिका स्तरीय भेला बाट अनिल कुमार थापाको अध्यक्षतामा ४१ सदस्य गाउँपालिका कमिटी चयन गरिएको छ । भेलाले उपाध्यक्ष २ जना चयन गरेको छ । उपाध्यक्षमा वडा न ५ का राजेश बोहरा वडा न ६ का राजेन्द्र रावत चयन भएका छन भने सचिवमा वडा न ३ का हेमराज जैसी त्यसैगरी सह सचिवमा २ जना वडा न ८ का निम चन्द्र वडा न ५ का निर्मल खत्री चयन भएका छन।
त्यसै गरी कोषाअध्यक्षमा वडा न ८ बाट मिना कुमारी शाह चयन भएकी छन।
यसै गरी सदस्यहरुमा गायत्री खत्री ,उमा ओली , ललिता बस्नेत , टोप बहादुर सुनार ,रेशमा पौडेल, शोभा विक लगाएत कूल ४१ सदस्य राष्ट्रिय युवा संघ पालिका कमिटी चयन गरिएको हो ।