८ जेष्ठ २०८२, बुधबार

कोहलपुरबाट ५ जुवाडे पक्राउ
  • न्युज मानसराेवर

बाँके\बाँकेको कोहलपुर नगरपालिका–११ स्थित बसपार्कबाट प्रहरीले जुवा खेलिरहेका ५ जनालाई पक्राउ गरेको छ । बसपार्कमा रहेको होटेल रेडिसनबाट सोमवार राति जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले जुवा खालबाट ३ लाख ६२ हजार ६ सय ५० रूपैयाँ नगद बरामद गरेको छ । आरोपीहरुलाई जुवा मुद्दामा म्याद लिएर अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

  • २२ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech