बैजनाथ\ बैजनाथ गाउँपालिकाका २२ महिला समुहलाई गाउँपालिकाले उन्नत जातको बोका उपलब्ध गराएको छ ।
बैजनाथ गाउँपालिका वडा न २ देखी ८ सम्मका २२ वटा समुहलाई बोका उपलब्ध गराइएको बैजनाथ आर्थिक विकास समिति संयोजक लक्ष्मी थारुले जानकारी गराईन।
बैजनाथ गाउँपालिका र हेफर प्रोजेट नेपाल तथा उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा संचालित साना किसान उद्यमी सुढृढिकरण परियोजना अन्तर्गत गठित समुहलाई उन्नत जातका बोका उपलब्ध गराइएको हो ।
अझै थप ५ वटा समुहलाई उन्नत जातका बोका उपलब्ध गराईने परियोजना संयोजक रामकृष्ण छिनालले जानकारी गराएका छन।
बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिका ८ वटै वडामा परियोजना संचालन छ । साना किसानहरुको आर्थिक सवलिकरण पशु पंछिको उत्पादन बजारीकरण गर्नाका लागि परियोजनाले महत्वपूर्ण भूमिका खेलेको पाइएको छ ।
करिब ४ हजार १ सय महिलाहरुलाई परियोजनाले प्रत्यक्ष लाभ दिइरहेको छ । पछिल्लो समय उत्पादित बस्तुको बजारीकरण गर्नाका लागि गाउँपालिकाले सहकारी समेत संचालनमा ल्याएको छ ।
उन्नत जातका बोका खरिद गर्नाका लागि गाउँपालिका प्रतिनिधि पशु सेवा कार्यालयका प्रतिनिधिहरुले गरेका थिए ।