बाँके\ आज बाट बाँकेको बैजनाथ गाउँपालिकामा टाइफाइड विरुद्धको खोप सेवा विस्तार गरेको छ ।
बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले दिएको जानकारी अनुसार १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने छ ।बैजनाथमा विद्यालय र विद्यालय छोडेका गरी कूल १९ हजार १ सय ६७ जनालाई खोप सेवा उपलब्ध गराउने लक्ष्य बैजनाथ स्वास्थ्य कार्यालयको रहेको छ । वडा न ५ मा कहाँ कहाँ खोप सेवा शुरु हुदैछ ?
वडा न १ मा कहाँ कहाँ खोप सेवा शुरु हुदैछ ?
वडा न ८ मा कहाँ कहाँ खोप सेवा शुरु हुदैछ ?
वडा न ६ मा कहाँ कहाँ खोप सेवा शुरु हुदैछ ?
बैजनाथ ६ मा इश्वरी मा वि २३ गते र नेरा मावि लालपुर २४ गते र संझना मावि २५ गते स्वास्थ्य सेवा केन्द्र गडही मा २७ र २८ गते खोप सेवा उपलब्ध गराईने छ ।
वडा न ७मा कहाँ कहाँ खोप सेवा शुरु हुदैछ ? बैजनाथ ७मा पेडारी २३ गते नेरा मा वि पेडारी २४ गते पशुरामपुर सामुदायक स्वास्थ्य केन्द्रमा पेडारीमा २५ गते खोप सेवा उपलब्ध गराईने छ ।
वडा न ४मा कहाँ कहाँ खोप सेवा शुरु हुदैछ ? त्यसै गरी बैजनाथ गाउँपालिका वडा न ४ मा स्थित आधारभूत स्वास्थ्य केन्द्र अन्तगर्त खोप केन्द्रहरु विपी मा वि २३ गते डाइनामिक अग्रेजी विद्यालय २४ गते समावेशी मा वि नेरा मा वि मा सेवा उपलब्ध गराईने छ ।
वडा न २ मा कहा ? भिरकुटी स्कुल २३ , सरस्वती आधारभूत विद्यालय २४नेपाल राष्टिय स्कुल दिप ज्योति स्कुल २५ जनता आर्दश २६ गते सेवा दिइने छ । त्यसै गरी बैजनाथ वडा न ३ मा नौवस्ता २३ गते गाभर २४ गते बैरहवा २५ गते नौवस्ता रा मा वि २६ गते सेवा दिइने बताइएको छ।