१२ असार २०८२, बिहीबार

गिरी कांग्रेस बाँकेको प्रेस सल्लाहकार नियुक्त
  • न्युज मानसराेवर

बाँके\ पत्रकार नवीन गिरी नेपाली कांग्रेस बाँकेको प्रेस सल्लाहकार नियुक्त भएका छन् । पार्टी सभापति नारायण प्रसाद गौडेलले गिरीलाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।

मिडियामा पार्टीको सहज पहुँच तथा पार्टीलाई प्रेस (मिडिया) सम्बन्धि आवश्यक सल्लाह-सुझाव दिने गरी गिरीलाई प्रेस सल्लाहकार नियुक्त गरिएको सभापति गौडेलले बताए ।

विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील गिरी रेडियो नेपालको बाँके संवाददाता र बागेश्वरीपोस्ट डटकमको प्रधान सम्पादक हुन् ।

  • २३ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech