बाँके\ बैजनाथ गाउँपालिकामा बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा डिजिटल तौल तराजु उपलब्ध गराइएको छ ।
साना किसान उद्यमी सुढृढिकरण परियोजना अन्तगर्त बैजनाथ गाउँपालिका वडा न १ देखी ८ वडा मा आठ वटा डिजिटल तौल तराजु उपलब्ध गराइएको परियोजना संयोजक रामकृष्ण छिनालले जानकारी गराए ।
कृषकले उत्पादन गरेका बस्तुको बजारीकरण गर्नाका लागि डिजिटल तौल तराजुको प्रयोगले निश्चित तौल बारे थाह हुने र उत्पादित बस्तुको उचित मुल्य पाउने आशा गरिएको छ।गाउँपालिकाको आर्थिक सहयोगमा ४ हजार १ सय परिवारमा उक्त परियोजना संचालन रहेको छ ।