९ जेष्ठ २०८२, बिहीबार

आजै मध्यरातिदेखि निर्वाचन आचारसंहिता लगाउने आयोगको तयारी
  • न्युज मानसराेवर

बाँके\निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा जारी गरेको आचारसंहिता आजै मध्यरातिदेखि लागु हुने घोषणा गर्न लागेको छ । यसबारेमा अहिले आयोगमा बैठक बसिरहेको छ ।

बैठकपछि आजै पत्रकार सम्मेलन गरेर आचारसंहिता लागु भएको घोषणा गर्ने तयारी रहेको एक आयुक्तले बताए ।

सरकारले आचारसंहिता लागु हुने भनेरै बिहीवार नै मन्त्रिपरिषदको बैठक राखेर व्यापक राजनीतिक नियुक्ति गरेको थियो ।

सोही मितिको निर्णयमा थप निर्णय हुने बताइएको छ ।

  • २५ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech