९ जेष्ठ २०८२, बिहीबार

एमाले नेता खत्री फेरी वडा न ५ को अध्यक्ष लड्दैँ
  • न्युज मानसराेवर

बैजनाथ । नेकपा एमाले बैजनाथ गाउँपालिका वडा न ५ कमिटीले सर्वसहमतिमा आगामी निर्वाचनका लागि वडा अध्यक्ष छनोट गरिएको छ ।
वडा कमिटीले बैजनाथ गाउँपालिका वडा न ५ का वडा अध्यक्ष मन बहादुर खत्रीलेलाई आगामी स्थानीय निर्वाचनका लागि फेरी वडा अध्यक्षमा सिफारिस गरेको हो । सर्व सहमतिमा वडा अध्यक्षमा वडा कमिटीले सिफारीस गरे पटि संक्षित प्रक्रिया दिदै खत्रीले विकास र समृद्ध बैजनाथ निमार्ण का लागि वितेका ५ वर्षमा आफुले खेलेको भूमिका नै आगामी निर्वाचनमा विजयी हुने आधार रहेको बताएका छन।

यसै सन्दर्भमा अन्य उम्मेदवार चयन प्रक्रिया कहिले सम्म हुन्छ?भन्ने प्रश्नको जवाफमा नेकपा एमाले पालिका कमिटी सचिव प्रेम सुवेदीले अब छिटै केही दिन भित्र अन्य वडाहरुको विवरण आउने जानकारी गराए ।

बैजनाथ गाउँपालिकामा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित नेकपा एमाले नेपाली काग्रेस र नेकपा मओवादी केन्द्रले वडा सदस्य , वडा अध्यक्ष देखी पालिका अध्यक्ष उपाध्यक्ष नाम लाई अन्तिम रुप दिन बृह्त छलफलमा केन्द्रित रहेको पाइएको छ ।

 

  • २५ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech