बाँके\ईलाका प्रहरी कार्यालय कोहलपुरका नव नियुक्त प्रमुख डिएसपी ऐन बहादुर मल्लले आफ्नो कार्यकालमा शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध रहेको बताएका छन्।ईलाका प्रहरि कार्यालय कोहलपुरमा आइतवार आयोजित पत्रकार सम्मेलन सम्पन्नमा उनले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै डिएसपि मल्ल भने “कोहलपुरमा बड्दो क्रममा रहेको लागूऔषधका घटनालाई निराकरण गर्न प्रहरी अहोरात्र खट्ने, सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक प्रहरी परिचालन गर्ने र स्थानीय निकायसँग सहकार्य गर्ने र आसन्न निर्वाचनलाई शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न ईलाका प्रहरी कार्यालय कोहलपुरले कुनै पनि कसर बाकी नराख्ने” प्रतिबद्धता गरे ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक होम प्रकाश चौधरी, पत्रकार महासघ बाकेका अध्यक्ष दामोदर भण्डारी लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो । उनी यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा प्रमुखको रुपमा केही महिना नेतृत्व सम्हालेका प्रहरी अधिकारी हुन् ।