बाँके बैजनाथ \बैजनाथ गाउँपालिकाले आफ्नो प्रथम र चौमासिक प्रगति समिक्षा गोष्ठि सम्पन्न गरेको छ । बैजनाथ गाउँपालिका बाट आर्थिक वर्ष २०७८।०७९ मा सञ्चालित विषयगत शाखाका प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठि सम्मपन्न गरेको हो ।
समिक्षा बैठकमा गाउँपालिकाको आर्थिक वर्ष २०७८।७९ कूल बजेट ८८ करोड श्रोत प्रस्तुत गरिएको थियो ।
कूल रकम मध्य पुजीँगत खर्च ४२ प्रतिशत यसैगरी चालु तथा कार्यक्रम खर्च ४८ प्रतिशत रकम हाल सम्म खर्च भएको बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले बताए ।
सामाजिक विकास ,आर्थिक विकास, पूर्वाधार विकास ,बन ,वातावरण तथा विपद व्यवस्थापन ,संस्थागत क्षमता विकास तथा सुशासन अन्तगर्त संचालित आयोजनाहरुको समिक्षा गरेका छौँ बैजनाथ गाउँपालिका सूचना अधिकारी तप्तराज आचार्यले भने । उनले सबै शाखाहरुको प्रगति विवरण सन्तोषजनक रहेको समेत बताए ।कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले समिक्षा गोष्ठि बाट देखिएका कम्जोरीहरुलाई व्यवस्थापन गर्न सबै विषयगत शाखाको महत्वपूर्ण भूमिका हुने बताए । उनले संस्थागत रुपमा स्थानीय तहको पहिलो यो कार्यकाल महत्वपूर्ण रहेको दावि गरे ।
रुचालले अब जुन तरीकाले स्थानीय तहको बद्नाम गर्न खोजिएको छ त्यसलाई चिर्दै स्थानीय तहमा अधिकतम जिम्मेवारी र अधिकार सम्पन्न बनाउन कर्मचारी जनप्रतिनिधि सबैको सहयोग र आपसी समन्वय रहन आवश्यक रहेको बताए । स्थानीय स्वायत्त शासनको थप सललिकरण गर्दै संस्थागत विकासको गति दिन आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी लेखा अधिकृत पूर्ण प्रसाद जैसी , योजना अधिकृत डोटी नेपाली प्राविधि शाखा प्रमुख प्रतिनिधि वडा सचिव लगाएत एक सय जनाहरुको सहभागिता रहेको थियो ।