बैजनाथ\बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिएका छन।
नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त गर्दै उनले वसन्तऋतुको आगमन सँग नविन उल्लास एवम् आशा लिएर आउने वन वर्षको उपलक्ष्यमा बैजनाथ गाउँपालिकाबासी तथा विदेशमा रहेका आम नेपालीजन प्रति सन्देश मार्फत शुभकामना व्यक्त गरेका हुन।
उनले लोकतन्त्रको रक्षा र संविधानले प्रत्याभूत गरेका आम नागरिकहरुका अधिकार सुनिश्चित गर्नाका लागि स्थानीय सरकारले विगत ५ वर्षमा महत्वपूर्ण कार्य सम्पादन गरेको दावि समेत गरेका छन। उनले शिक्षा,स्वास्थ खाने पानी ,कृषि यान्त्रीकरण ,महिला शशक्तिकरण तथा आत्म निर्भर समाज बनाउन स्थानीय सरकारले महत्वपूर्ण योगदान गरेको बताएका छन।
स्थानीय स्वायत्त अधिकार थप सवलिकरण गर्दै दिगो विकासका लक्ष्य तथा आत्म निर्भर सामाज निमार्णमा स्थानीय सरकार कटिवद्ध रहेको समेत उल्लेख गरेका छन।