कोहलपुर । कोहलपुर नगरपालिकाको अब आफ्नै एम्बुलेन्स संचालन गर्ने भएको छ । विगत ३ बर्ष देखी एम्बुलेन्स खरिदका लागि आह्वन गरिएको ठेक्का रद हुदाँ नगरपालिकामा भाडामा एम्बुलेन्स संचालन गर्नु पर्ने बाध्यता हटेको छ ।
पूर्व नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र बहादुर केसीका पालामा पूर्ण ठेक्का आह्वन गरिएको थियो ।
सोही ठेक्का अनुरुप हाल नगरपालिकामा ख बर्गको एम्बुलेन्स खरिद प्रक्रिया पुरा भएको छ ।’कोहलपुर नगरपालिका अधिकृत तथा स्टोर शाखा प्रमुख हरी बहादुर वलीले भनेका छन’।
एम्बुलेन्स खरिदमा नगरपालिकाको कूल रकम ४४ लाख ९० हजार रकम परेको छ।यही हामीलाई कर छुट हुदैन थियो भने १ करोड ८ लाख सम्म रकम लाग्थ्यो तर नेपार सरकारको नियमाअनुसार (२सय ४० ) प्रतिशत कर छुट गरी कूल रकम ४४ लाख ९० हजार मात्र नगरपालिकाले व्यहोरेको छ’।कोहलपुर नगरपालिका आर्थिक विकास समिति संयोजक डिल बहादुर परियारले बताएका छन। नगरपालिकाले एम्बुलेन्स खरिद गर्न नसक्दा स्थानीय स्तर र सामाजिक संजालहरुमा गरिने राजनितिक भने अब अत्य हुने देखिएको छ ।