सुर्खेत\ नेकपा माओवादी केन्द्र संसदीय दल कर्णाली प्रदेशका नेता एवम पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री र सांसदहरुको बढाएको पारिश्रमिक तथा सेवा सुविधा नलिने बताएका छन् ।
सत्तारुढ दलसँग कुनैपनि सलहा नगरी, कर्णालीको अर्थतन्त्रमा पर्ने प्रभाव तथा समयको मागबारेमा अध्ययन नगरी सरकारले मनोमानी रुपमा गरेको उक्त निर्णय आफूलाई स्वीकार्य नभएको पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका हुन ।
‘हामीसँग सेवा सुविधा बढाउने बारेमा कुनै पनि सल्लाह भएको होइन । यसबारेमा म मुख्यमन्त्री हुँदा पालिकादेखि सांसदसम्मले सेवा सुविधा बढाउन दवाव दिएका थिए । तर मैले मासिक तीन लाख मात्रै पनि कर्णालीमा जोगाउन सकिए जनतको घरमा एक धारा बन्छ भनेर दबाब झेल्दै चार वर्षसम्म सेवा सुविधा बढाएको थिएन ।’ पूर्व मुख्यमन्त्री शाहीले भने, ‘यो सरकारले बढाएको सेवधा सुविधा हामी लिदैनौं । हामी पुरानै सुविधा लिने गरि संसदीय दलको वैठकमा निर्णय गर्दैछौं ।’
कर्णाली सरकारले बढाएको सेवा सुविधा तथा पारिश्रमिकका कारण कर्णाली प्रदेश सरकारमाथि मासिक रुपमा तीन लाख २० हजार भन्दा बढि व्यवभार थपिएको छ । बेला न कुबेला आफ्नो सेवधा सुविधा बढाइएको भन्दै कर्णाली सरकारको चर्को आलोचना भइरहेको छ ।