१९ माघ २०८१, शनिबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ देखि सञ्चालन गरिने
  • न्युज मानसराेवर

बाँके\संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कोरोना सङ्क्रमण दर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलको सेवा २४सै घण्टा सञ्चालन गराउन  नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको  प्राधिकरणका महानिर्देशक प्रदीवकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार बुद्ध, यति, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले सो विमानस्थलमा आन्तरिक उडान शुरू गर्नेछन् । अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि शुरू हुने प्राधिकरणले जनाएको छ ।

यसैगरी अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा आगामी दशैंसम्ममा उक्त विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने गरी काम शुरू भएको बताइएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेकाले उक्त काम सकिएलगत्तै अन्तर्राष्ट्रिय उडान शुरू गरिने महानिर्देशक अधिकारीले बताए ।

‘हामी अबको १५ देखि २० दिनभित्रमा रिट्ठेपानी डाँडा कटानको काम शुरू गर्नेछौँ र कटान दुई महिनामा सक्ने लक्ष्य राखेका छौँ,’ उनले भने ।

  • ४ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech