काठमाडौँ\नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन सार्न खोजिए त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ। सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकले चुनाव रोक्ने षड्यन्त्रमा सरकार रहेको भन्दै कार्यकर्तालाई आन्दोलनका लागि लागि तयार रहन निर्देशन दिने निर्णय गरेको हो‘सरकारले वैशाख ३० गते हुन लागिरहेको निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको भन्ने आभास हामीलाई भएको छ,’ नेता पृथ्वी सुब्बा गुरुङले भने, ‘त्यसको हामी कडा प्रतिवाद गर्छौं, विरोध गर्छौं। कुनै पनि हालतमा चुनाव सार्ने षड्यन्त्र निस्तेज पार्छौं,”यस्तै, बैठकले स्थानीय तहको निर्वाचनका लागि पार्टीका तर्फबाट जारी गरिने प्रतिबद्धतापत्रको मस्यौदा पारित गरेको छ। त्यसलाई अब अन्तिम रुप दिएर सार्वजनिक गरिने जनाइएको छ। एमालेले इश्वर पोखरेल नेतृत्वमा घोषणापत्र निर्माण समिति गठन गरेको थियो।